बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो

बिहीबार, ०१ कात्तिक २०८१, १६ : ३६
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ । यही मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

यसअनुसार उपनिर्वाचन हुने  जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने प्रवक्ता नारायण प्रसाद सापकोटाले बताए । 

त्यसै गरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने उनको भनाई छ। 

स्थानीय तह उपनिर्वाचन, २०८१ को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप