जनार्दन र घनश्यामबिच भेटवार्ता, के भयो कुराकानी ?
बिहीबार, ०१ कात्तिक २०८१, १६ : ३५

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालबिच भेटवार्ता भएको छ ।
दुई नेताबिच बिहीबार करिब एक घण्टा भएको छलफलमा कम्युनिस्ट पार्टीबिचको सहकार्य, एकता, आन्दोलन, पछिल्लो देशको अवस्था तथा राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।
उनीहरूबिच कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउन सकिने उपायका बारेमा समेत कुराकानी भएको बताइएको छ ।
‘समाजवादी क्रान्तिको नेतृत्व सबै कम्युनिस्ट पार्टी एकताबद्ध गर्दा मात्र सम्भव छ, यसका लागि आआफ्नो ठाउँबाट योगदान गर्न सकिन्छ भन्नेमा दुवै नेता सहमत हुनुहुन्छ’, भुसाल निकट एक नेताले भने ।