बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

कालिकोटको जुविधामा आगलागी हुँदा तीन घर जले

बिहीबार, ०१ कात्तिक २०८१, १६ : २५
बिहीबार, ०१ कात्तिक २०८१

सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–६, को जुविधामा आगलागीबाट तीन घर जलेका छन् । कालिकोट प्रहरीका अनुसार स्थानीय परेक शाहीको घरमा अचानक  लागेको आगोले अन्य दुई घरमा समेत क्षति पुगेको छ ।

घटना बुधबार बेलुकाको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार परेक शाहीको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । उक्त अन्य दुई घरमा भने क्षति केही कम भएको छ ।

photo

आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक किशोर केसीको कमाण्डमा प्रहरी त्यहाँ खटिएको थियो । स्थानीयको सहभागितामा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । घटनाको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको सूचना अधिकारी थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप