प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐनको मस्यौदामाथि छलफल

काठमाडौँ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को मस्यौदामा छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा मस्यौदामाथि बिहीबार छलफल भएको हो ।
छलफलमा मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरू प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव र निर्देशकहरू सहभागी थिए ।
ऐनको मस्यौदाका विविध पक्षमा आ–आफ्नो सुझाव राखेका थिए । उक्त छलफलमा प्रस्तावित ऐनको मस्यौदामा रहेका परिषद्को गठन, संघीय प्रदेश संरचना, सीप परीक्षण समिति, ऐनले समेट्ने क्षेत्र, अन्तर मन्त्रालय समन्वय, कार्यरत कर्मचारीको सेवा सुविधाको निरन्तरता र कर्मचारी समायोजन जस्ता विषयमा सुझाव तथा विचार राखेका थिए ।
मन्त्री विद्या भट्टराईले छलफलबाट प्राप्त सुझावहरूलाई समावेश गर्ने, मस्यौदामा सरोकारावालासँग समेत छलफल गर्ने र परिपक्व ऐनको मस्यौदा तयार गरिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुदानको आसमा खुलेका होमस्टे अब चल्दैनन्
-
मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै
-
पहुँचका भरमा अनुदान पाएका होमस्टे बन्द भए
-
घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
-
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
-
अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास