विराट कोहलीलाई पछि पार्दै अजय जडेजा बने भारतका सबैभन्दा धनी क्रिकेटर !

काठमाडौँ । केही दिनअघिसम्म विराट कोहली भारतका सबैभन्दा धनी क्रिकेटर थिए । तर, अहिले आएर सबैभन्दा धनी भारतीय क्रिकेटरको सूचिमा कोहली दोस्रो नम्बरमा खस्किएका छन् । उनलाई उछिन्दै पूर्वखेलाडी अजय जडेजा सबैभन्दा धनी भारतीय क्रिकेटर बनेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, अजय जडेजाको कुल सम्पत्ति एक हजार चार सय ५० करोड भारतीय रुपैयाँ पुगेको छ । जडेजालाई हालै नवानगरका महाराजा जामसाहेबले आफ्नो सम्पत्तिको वारिस घोषणा गरेपछि उनी भारतको सबैभन्दा धनी क्रिकेटर बनेका हुन् ।
जामनगरसँग भारतीय क्रिकेटको निकै पुरानो सम्बन्ध रहेको छ । भारतका दुई चर्चित प्रतियोगिता रणजी ट्रफी र दिलीप ट्रफी क्रमशः केएस रणतीजसिंह र केएस दिलीपसिंहको नामबाट राखिएको हो । उनीहरु दुवै जामनगरकै थिए ।
अजय जडेजा पनि जामनगरसँगै सम्बन्धित छन् । जडेजाका पिता दौलतसिंह कुनै समय जामनगरबाटै सांसद सदस्य बनेका थिए । अहिले पनि जामनगरबाट चर्चित भारतीय क्रिकेटर रवीन्द्र जडेजाकी पत्नी रिवाबा जडेजा सांसद छिन् ।
समाचारमा जनाइए अनुसार, सन् २०२४ मा विराट कोहलीको कुल सम्पत्ति एक हजार ९० करोड भारतीय रुपैयाँ रहेको छ । अजय जडेजाको कुल सम्पत्ति भने एक हजार चार सय ५० करोड भारतीय रुपैयाँ पुगेको छ । त्यसैले कुल सम्पत्तिमा जडेजाले कोहलीलाई उछिनेका हुन् ।
सबैभन्दा धनी भारतीय क्रिकेटरको सूचिमा तेस्रो नम्बरमा भने महेन्द्रसिंह धोनीको नाम आउँछ । धोनीको कुल सम्पत्ति सन् २०२४ मा एक हजार करोडभन्दा बढी रहेको समाचारमा जनाइएको छ । अजय जडेजा सन् १९९० को दशकका चर्चित क्रिकेटर हुन् ।
त्यतिबेला उनी भारतीय टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनले भारतीय टोलीबाट एक सय ९६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ३७.४७ को औसतले कुल पाँच हजार तीन सय ५९ रन बनाएका छन् ।
अजय जडेजाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ शतक र ३० वटा अर्धशतक पनि बनाएका छन् । उनले भारतका लागि तीनवटा विश्वकप पनि खेलेका थिए । उनले भारतका लागि १५ टेस्टमा कुल पाँच सय ७६ रन बनाएका छन् ।
अजय जडेजा आफ्नो समयका प्रभावशाली फिल्डर पनि थिए । अफगानिस्तानले सन् २०२३ को आईसीसी एकदिवसीय विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यतिबेला जडेजा नै अफगानिस्तानको टोलीका मेन्टर थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्याट्सम्यानहरु चम्किएपछि नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल र आसिफको अर्धशतक
-
५० वर्षदेखि गरिबको ट्याग लगाएर हिँडिरहेका थियौँ
-
‘सहुलियत गुम्नुअगाडि नै देशहरूसँग द्विपक्षीय सम्झौता गर्नुपर्छ’
-
विद्युत् अवरुद्ध हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा सञ्चालनमा कठिनाइ
-
कुशलपछि आसिफ शेखको अर्धशतक
-
कुशलले तोडे दीपेन्द्रको रेकर्ड