बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालिकोट सदरमुकाममा एक व्यक्ति मृत फेला

बिहीबार, ०१ कात्तिक २०८१, १५ : ४१
बिहीबार, ०१ कात्तिक २०८१

सुर्खेत । कालिकोट सदरमुकाम मान्ममा एक व्यक्ति मृत फेला परेका छन् । मृत भेटिनेमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का ३७ वर्षीय राजेन्द्र सिजाली मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार उनी खाँडाचक्र नगरपालिका–१, को नाव गैरास्थित एक घर अगाडिको आँगनमा मृत भेटिएका हुन् ।

मगर ज्याला मजदुरी गर्नका लागि मान्मका बस्दै आएको उनले रातोपाटीलाई बताए ।

‘मृतक कोठामा पनि एक्लै बस्नुहुने रहेछ, उहाँसँग अरू कोही पनि रहेनछ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट अत्यधिक मदिराको प्रयोग गर्ने हुँदा त्यसैको असरका कारण मृत्यु भएको हो कि भन्ने अनुमान छ ।’ उनी मृत अवस्थामा भेटिएको नजिकै पनि मदिराको बोतल भेटिएको छ ।

यद्यपि घटनाबारे थप अनुसन्धान भने भइरहेको थापाले बताए ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा लगिएको  छ भने दैलेखबाट मृतकका आफन्तलाई बोलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप