विषाक्त मदिराका कारण बिहारमा कम्तीमा २४ जनाको मृत्यु
बिहीबार, ०१ कात्तिक २०८१, १५ : ३६

बिहार । बिहारको सिवान र सारण जिल्लामा विषाक्त मदिराका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । मुख्यमन्त्री नितिश कुमारले यस विषयमा भइरहेको उच्चस्तरीय छानबिनको समीक्षा गरेका छन्।
मृत्युको बारेमा जानकारी दिँदै बिहारका डीजीपी आलोक राजले भने, ‘अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको हो ।’
‘सरण जिल्लाको मसरख क्षेत्र र सिवानको भगवानपुर बजार क्षेत्र मुख्य रूपमा प्रभावित भएका छन्। राज्य सरकारले यो घटनालाई गम्भीरताका साथ लिएको छ र बिहार पुलिस कडा कारबाही गर्न तयार छ,’ उनले भने ।
डीजीपीका अनुसार घटनाको जानकारी पाएपछि बिहार पुलिस अधिकारीहरूले प्रभावित क्षेत्रको भ्रमण गरेको छ । साथै शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई
-
बाराक ओबामासँग सम्बन्ध विच्छेदको अफवाहमा के भन्छिन् मिसेल ?
-
कांग्रेस महामन्त्री थापा पनि महाधिवेशनको मिति सार्ने पक्षमा
-
बारमा विजयी बने विजय, तस्बिरहरू
-
शिक्षक र सरकारबिच सहमतिका आधार खोज्न ५ बजे छलफल
-
अर्थमन्त्रीप्रति सांसदहरुको गुनासो : हामीले मन्त्रीको ‘डाइलग’ सुन्न पर्ने हाम्रो प्रश्न नसुन्ने