राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन
बिहीबार, ०१ कात्तिक २०८१, १५ : ३३
_s8hJmkYlLM.jpg)
काठमाडौँ । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
एन्फाका महासचिव किरण राईले बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालमा महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरे । महासचिव राईले महर्जनलाई सफलताको शुभकामना पनि दिए ।
यसैगरी, राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा सुमितकुमार आलेलाई नियुक्त गरिएको छ । ब्यवस्थापकको जिम्मेबारी भने राज महर्जनलाई दिइएको छ ।
नवनियुक्त सहायक प्रशिक्षक सुमित र ब्यवस्थापक राजलाई पनि महासचिव राईले बिहीबार नै नियुक्तिपत्र हस्तान्तरण गरेको एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते