लुम्बिनीमा तीन महिने वर्षाबास समापन
_RuUthWrcta.jpg)
बुटवल । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा तीन महिने वर्षाबास तथा धार्मिक अनुष्ठानको आज समापन गरिएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्म देशना सहित वर्षाबासको समापन गरेका हुन् ।
बर्सातको तीन महिना प्रतिकुल मौसमका कारण धर्म यात्रा गर्न असहज हुने भएका कारण उपासकसहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई वर्षाबास भनिन्छ। लुम्बिनीमा विगत ८ वर्षदेखि स्थानीय समुदायका तर्फबाट वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको संयोजक गठन गरी मनाउने गरिएको छ।
बौद्ध महिला समितिको व्यवस्थापनमा भएको वर्षाबासमा अवधिभर दैनिक धर्म देशना, पूजा लगायतका विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन गरिएको थियो। राजकीय बुद्ध विहारका संरक्षक भिक्षु सागरसम्मले भगवान् बुद्धले सबै प्राणी जगतको कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म ९० दिनसम्म बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरेको बताए।
उनले विगत ८ वर्षदेखि स्थानीयहरूलाई बुद्धको उपदेशसँग जोडेर वर्षाबास अवधिभर पञ्चशील ग्रहण, बुद्ध पूजा र धर्म देशनामा सरिक गराएको बताए।समापन कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिर, लुम्बिनी होटेल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष लीला मणि शर्मा लगायतले बोल्दै लुम्बिनीका स्थानीयलाई जोड्दै लुम्बिनीलाई आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय