राजनीति
तीन दलका शीर्ष नेताको बैठक : शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने
बिहीबार, ०१ कात्तिक २०८१, १४ : ३९

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल भएको बताइएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि शुक्रबार बस्ने क्याबिनेटले सर्च कमिटी टुङ्ग्याउने विषयमा सहमति भएको श्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र धवलशम्शेर लगायतलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगियो
-
प्रेस सेन्टरमा क–कसको पर्यो उम्मेदवारी (सूचीसहित)
-
सरकारको दबाब थेग्न नसकेर त्रिविबाट राजीनामा
-
भाटभटेनी लुटपाट गर्ने ९ जना पक्राउ, ब्ल्याक लेबलदेखि लिपिस्टिकसम्म बरामद
-
एसएलसीको नक्कली सर्टिफिकेट बनाई प्रहरीमा जागिर, असईविरुद्ध मुद्दा दायर
-
स्थानीयको अवरोधले १५ दिनदेखि नागढुङ्गा सुरुङ मार्गमा निर्माण ठप्प