बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

साउदी अरब र माल्दिभ्समा पनि नेपाली फिल्मको प्रदर्शन सुरु

बिहीबार, ०१ कात्तिक २०८१, १४ : १८
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । नेपाली फिल्म अब साउदी अरब र माल्दिभ्समा पनि रिलिज हुने भएको पनि रिलिज हुने भएको छ । जसको सुरुवात प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ५’ ले गरेको छ ।

‘छक्कापञ्जा ५’ बिहीबारबाट साउदीका १० हलमा लागेको छ । फिल्म जुबेलस्थित मुभी सिनेमाज, दमामको भक्स सिनेमाज, जेद्दाको मुभी र भक्स सिनेमाज, रियादस्थित मुभी, भक्स, एएमसी रियाद ग्यालरी नाइन, सलाम मलको मुभी सिनेमाजमा रिलिज भएको हो ।

फिल्म साउदीसहित युएई, कतार, बहराइन र ओमानमा पनि फिल्म प्रदर्शनमा आएको छ । कतारका १० हलबाट फिल्म प्रदर्शनमा आएको छ । 

त्यस्तै माल्दिभ्सका २ हलमा पनि पहिलोपटक ‘छक्कापञ्जा ५’बाट नेपाली फिल्म प्रदर्शन सुरु भएको छ । यी दुई क्षेत्रमा नेप–फिल्मस्का रमेश ढकालले फिल्म प्रदर्शनमा ल्याएका हुन् । छिट्टै मलेसियामा पनि फिल्म प्रदर्शन हुने उनले बताएका छन् । 

‘छक्कापञ्जा ५’ अहिले अमेरिका, जापान, अष्ट्रेलिया लगायतका मुलुकमा प्रदर्शनमा आएको निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप