बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

माघ १६ मा पुग्यो ‘एक्टरः टेक वन’ को प्रदर्शन मिति

बिहीबार, ०१ कात्तिक २०८१, १४ : ११
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको चलचित्र ‘एक्टरः टेक वन’को प्रदर्शन मिति सरेको छ । चलचित्र पूर्व निर्धारित मिति कार्तिक १५ बाट सरेर माघ १६ गते पुगेको छ ।

निर्माण युनिटका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति सार्नु परेको थमनकुमार भण्डारीले बताएका छन् । 

मिति परिवर्तन गरेकोमा वितरक, चलचित्र प्रेमी र अन्य सरोकारवालाहरूलाई परेको असुविधाप्रति क्षमा समेत  निर्माण पक्षले मागको छ । थमनकुमार भण्डारी र मोती कार्की निर्माता रहेको चलचित्रमा प्रदीप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय छ । 

फिल्मको निर्देशन राजन भुसालले गरेका हुन् । ‘अदृत फिल्मस्’ र ‘मोती फिल्मस्’ को संयुक्त प्रस्तुति रहेको यो फिल्मका सह–निर्माता अनिश भुसाल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप