बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

युनिलिभरद्वारा नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण

बिहीबार, ०१ कात्तिक २०८१, १४ : ११
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ ।  युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीलाई पर्सनल केयर ब्राण्ड डोभमार्फत विशेष ट्राभल किट हस्तान्तरण गरेको छ ।

एन्फा कार्यालयमा आयोजित कार्यक्रमका बिच महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

नेपाली महिलाहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको समयमा युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीलाई स्पोन्सर गरेर हौसला बढाउँदै आएको जनाएको छ। 

राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तीकरण र आत्मविश्वासलाई बढवा दिने कम्पनीको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप