बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

आईपीएलको मेगा अक्सन नोभेम्बर अन्तिम साता

बिहीबार, ०१ कात्तिक २०८१, १४ : ०८
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि आगामी नोभेम्बरको अन्तिम साता मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) हुने भएको छ ।

भारतीय सञ्चारमाध्यमले बिहीबार जनाए अनुसार, नोभेम्बरको मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा हुनेछ । यसपटक आईपीएलको मेगा अक्सन साउदी अरेबियाको राजधानी रियादमा आयोजना गरिने समाचारमा जनाइएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भने हालसम्म आधिकारिक रूपमा केही बताएको छैन । मेगा अक्सनअघि सहभागी क्लबहरूले रिटेन (आगामी सिजन पनि आफूसँग राख्ने खेलाडी) र रिलिज ( अन्य क्लबमा जान स्वतन्त्र छाडने खेलाडी) को सूचि सार्वजनिक गर्नु पर्ने हुन्छ । रिटेन र रिलिज सूचि सार्वजनिक गर्न क्लबहरूलाई अक्टोबर ३१ तारिखसम्मको समय दिइएको छ ।

आईपीएलको अघिल्लो संस्करणको मेगा अक्सन दुबईमा आयोजना गरिएको थियो । यसपटक रियादसँगै लन्डन वा सिंगापुरमा पनि अक्सन कार्यक्रम आयोजना गर्न सकिने बताइएको थियो । तर, अन्तिम समयमा आउर रियादमै अक्सन कार्यक्रम आयोजन गर्ने निर्णय लिएको समाचारमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप