बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान

बिहीबार, ०१ कात्तिक २०८१, १४ : ०४
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ओखलढुंगा, धनकुटा  र काठमाडौँको गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको कम्पनीले जनाएको छ ।  जसअनुसार प्रति परिवार ३० केजी चामल, दाल र नुन २÷२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको छ । 

यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण ३० घरपरिवार विस्थापित भएकाले सो घरपरिवारलाई पनि खाद्यान्न वितरण गरिएको छ । गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको कम्पनीले जनाएको छ । 

यसैगरी त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएकाले त्यहाँका घरपरिवारलाई पनि ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरिएको कम्पनीले जनाएको छ । गत असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट धनजनको क्षति भएको थियो ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप