इजरायलको सुरक्षा अवस्था बुझेर मात्रै नेपाली केयरगिभर जान पाउने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली कामदार पठाउने विषयमा परराष्ट्र मन्त्रालयको धारणा माग गरेको छ । इजरायलमा युद्ध जारी रहेकै अवस्थामा नेपाली कामदार पठाउन हुने/नहुने विषयमा श्रम मन्लायलले परराष्ट्र मन्त्रालयको धारणा माग गरेको हो ।
नेपाली कामदार (केयरगिभर) पठाउने/नपठाउने विषयमा परराष्ट्रले आफ्नो धारणा दिएपछि मात्रै थप निर्णय गरिने श्रम मन्त्रालयले जनाएको छ । परराष्ट्रले इजरायलस्थित नेपाली राजदूतावाससँग त्यहाँको सुरक्षा अवस्थाबारे बुझ्नेछ । सोही आधारमा कामदार पठाउन हुने वा नहुने विषयमा परराष्ट्रले श्रम मन्त्रालयलाई जानकारी गराउनेछ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले इजरायलमा युद्ध बढिरहेको अवस्थामा कामदार पठाउन नसकिने बताए । ‘अहिले तत्कालै पठाउन सकिने अवस्था छैन । मन्त्रालय मार्फत हामीले परराष्ट्रलाई पत्राचार गरेका छौँ । परराष्ट्रले नेपाली दूतावासमार्फत इजरायलको सुरक्षा अवस्था बुझ्छन् । त्यही आधारमा अहिले पठाउन भनियो भने थप प्रक्रिया अगाडि बढाउँछौँ । नत्र सुरक्षा अवस्था राम्रो नहुँदासम्म रोकिन्छ,’ खत्रीले भने ।
इजरायलस्थित पीवाले लक्की ड्र गरेर दुई हजार ११२ जनाको सूची विभागलाई पठाएको थियो । उनीहरूको स्वास्थ्य परीक्षण तथा अभिमुखीकरण तालिम लगायतका प्रक्रिया पुरा गर्न विभागलाई भनेको थियो । तर, विभागले अहिलेको अवस्था ती प्रक्रियाहरू अगाडि बढाउन नसकिने जनाएको हो ।
विभागको इजरायल शाखाका निर्देशक गिरीराज ज्ञवालीले मेडिकल गराएपछि उनीहरूलाई तत्काल पठाउनुपर्ने बताए । मेडिकलको अवधि तीन महिनाको हुन्छ । अहिले नै मेडिकल गरियो भने तीन महिनाभित्र कामदार इजरायल पठाइसक्नुपर्ने हुन्छ । तर, इजरायलमा जारी युद्धका कारण तत्काल कामदार पठाउन सकिने अवस्था नरहेकाले अहिले नै मेडिकल नगरिने बताए ।
पीबाले लक्की ड्र मार्फत छनौटमा परेकाहरूको सूची असोज १३ गते विभागलाई पठाएको थियो । विभागले सूची पाएसँगै थप प्रक्रिया अगाडि बढाएको थियो । इजरायलको सुरक्षा अवस्था राम्रो भएपछि मेडिकल र अभिमुखीकरण तालिमको प्रक्रिया अगाडि बढ्ने ज्ञवालीले बताए ।
मेडिकल र अभिमुखीकरण तालिम सकिएपछि पीबालाई पत्राचार गरिनेछ । त्यसपछि इजरायलस्थित रोजगारदाताकहाँ पठाइनेछ । रोजगारदाताले कामदारसँग करार सम्झौता गरेर पठाउनेछन् भने रोजगारदाताले नै कामदारको भिसा शुल्क तिरिदिनेछन् । त्यसपछि विभागले कामदारको भिसाका लागि नेपालस्थित इजरायली राजदूतावासमा पठाउनेछ । दूतावासबाट भिसा लागेर आएपछि कामदारलाई इजरायल जाने बाटो खुल्नेछ ।
यी सबै प्रक्रिया अब इजरायलको सुरक्षा अवस्था हेरेर मात्रै गरिने विभागले जनाएको छ । इजरायलले भने नेपालीको सुरक्षा जिम्मेवारी आफ्नो भएकाले कुनै खतरा नहुने भन्दै सरकारलाई कन्भिन्स गर्दै आएको छ । इजरायलले दुई हजार जना केयरगिभर माग गरेको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडाको प्रधानमन्त्रीका रुपमा कार्नीको पहिलो भाषण, ‘ट्रम्पको अनुहार तत्काल नहेर्ने’
-
भक्तपुर अस्पतालमा मन्त्रीको छड्के
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी