राष्ट्रिय झन्डा संरक्षण गर्न नसक्ने श्रम मन्त्रालय
बिहीबार, ०१ कात्तिक २०८१, १३ : १३

काठमाडौँ । नेपालको राष्ट्रिय पहिचान भनेको झन्डा हो । हरेक सरकारी कार्यालयमा झन्डा फहराउने गरिन्छ । झन्डा सफा सुग्घर राख्नु सबैको कर्तव्य हुन्छ ।
च्यात्तिएको झन्डा राख्न पाइँदैन । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भने च्यात्तिएकै झन्डा राखिएको छ । पुरानो भएर झन्डाको रङ्ग समेत खुइलिएको छ भने झन्डाको किनारा सबै च्यात्तिएको छ । तर पनि मन्त्रालयले झन्डा फेर्न सकेको छैन । सिंहदरबारभित्र श्रम मन्त्रालयको बिच भागमा राखिएको झन्डा टाढैबाट प्रस्टै देखिन्छ ।
तर, मन्त्री, सचिव लगायतका कर्मचारीले भने च्यात्तिएको झन्डा फेर्न भने सकेका छैनन् । मन्त्रालय प्रवेश गर्दा टाढैबाट च्यात्तिएको झन्डा प्रस्ट देखिन्छ । दिनमा सयौँ पटक ओहोरदोहोर गर्ने मन्त्रालयका अधिकारीहरूले झन्डा च्यात्तिएको देखेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडाको प्रधानमन्त्रीका रुपमा कार्नीको पहिलो भाषण, ‘ट्रम्पको अनुहार तत्काल नहेर्ने’
-
भक्तपुर अस्पतालमा मन्त्रीको छड्के
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी