बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

मीनबहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो छैन : महासचिव पोखरेल

बिहीबार, ०१ कात्तिक २०८१, १३ : ०१
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले व्यवसायी मीनबहादुर गुरुङ जोडिएको बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणसँग एमालेलाई दान दिएको कीर्तिपुरको जग्गासँग कुनै साइनो नभएको बताएका छन् । बाँकेको कोहलपुरमा बिहीबार कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी कार्यालय बनाउन जग्गा चाहिएकाले गुरुङसँग १० रोपनी १४ आना जग्गा एमालेले सहर्ष स्वीकार गरेको बताएका हुन् ।

उनले गुरुङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको दाबी गरे । साथै एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको पोखरेलले बताए । 

‘उद्योगी मीनबहादुर गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो छैन । उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो । हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ’, उनले भने । 

मीनबहादुर र एमालेलाई कमजोर बनाउन चाहने तत्त्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको उनको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप