बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

बिहीबार, ०१ कात्तिक २०८१, १२ : २९
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पार्टीको सक्रिय राजनीति गर्ने भन्दै पदबाट राजीनामा दिएका हुन् । 

उनको राजीनामा स्वीकृत भइसकेको पार्टी अनुशासन आयोग प्रमुख भरतमणि देवकोटाले जानकारी दिए ।  देवकोटाका अनुसार न्यौपानेले करिब एक महिना अघिनै पदबाट राजीनामा दिएका हुन् । 

‘पार्टीको एक्टिभ राजनीति गर्छु भन्नुभयो । उहाँ युवा तथा उमेर भएको व्यक्ति भएकाले पनि उहाँलाई खुसीसाथ हामीले राजीनामा स्वीकृत गरेर मार्ग दिएका हौँ‚’ देवकोटाले भने ।  न्यौपाने कानुन व्यवसायी हुन् ।

देवकोटाका अनुसार अनुशासन आयोगबाट राजीनामा दिएको ६ महिना कुलिङ पिरियड रहन्छ ।त्यसपश्चात् मात्र न्यौपाने पार्टी राजनीतिमा सक्रिय हुन पाउँछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप