बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रेम विवाह गरेका सैनिक दम्पतीको दुःखद् अवसान

बिहीबार, ०१ कात्तिक २०८१, १२ : २०
बिहीबार, ०१ कात्तिक २०८१

नयाँ दिल्ली । भारतीय सेनामा कार्यरत एक दम्पतीको दुःखद् अवसान भएको छ । भारतीय वायुसेनामा फ्लाइट लेफ्टिनेन्ट रहेका ३२ वर्षीय दीन दयालले मंगलबार आत्महत्या गरेका थिए । बुधबार उनकी पत्नी रेनु तंवरको पनि शव फेला परेको छ । रेनु पनि भारतीय सेनामै थिइन् । दुवैबिच प्रेम विवाह भएको थियो ।

दीन दयालको शव आगरास्थित वायुसेना आवास परिसरकै एउटा कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । दिल्लीमा रहेकी रेनुले पतिको मृत्यु भएको खबर सुनेपछि आत्महत्या गरेको बताइएको छ । उनको शव बुधबार कोठामै झुण्डिएको अवस्थामा फेला परेको हो ।

प्रहरीका अनुसार रेनुको कोठाबाट सुसाइट नोटसमेत फेला परेको छ । उनले पतिकै साथ आफ्नो अन्तिम बिदाइको चाहना गर्दै नोटमा लेखेकी छन्, ‘हाम्रो अन्तिम संस्कार एकसाथ गरियोस् र मेरो हात पतिको हातमाथि राखियोस् ।’

दीन दयालले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । तर उनकी पत्नी रेनुले भने पतिको शोककै कारण आत्महत्या गरेको उनको सुसाइट नोटबाट प्रस्ट देखिन्छ । दुवैको शव पोस्टमार्टमपछि परिवारजनलाई जिम्मा लगाइएको छ । प्रहरीले दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप