दोस्रो टेस्ट क्रिकेट : इङ्ल्यान्डविरुद्ध पहिलो पालीमा पाकिस्तानलाई ७५ रनको अग्रता

काठमाडौँ । पहिलो टेस्टमा लज्जास्पद हार भोगेपछि टोलीमा ब्यापक परिवर्तन गरेको पाकिस्तानले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा ७५ रनको अग्रता हासिल गरेको छ । मुल्तानमा जारी दोस्रो टेस्टको तेस्रो दिन बिहीबार भ्रमणकारी टोली इङ्ल्यान्ड आफ्नो पहिलो पालीमा केवल दुई सय ९१ रन बनाउँदै अलआउट भयो ।
आफ्नो पहिलो पालीमा इङ्ल्यान्डका लागि ओपनर बेन डकेटले सतकीय योगदान गरे । उनले टोलीको खातामा एक सय १४ रन थपे । उनले एक सय २९ बलको सामना गरी १६ चौका पनि हिर्काए । ३० वर्षीय डकेटले टेस्ट क्रिकेटमा बनाएको यो चौथो सतक हो ।
पहिलो पालीमा इङ्ल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । अनुभवी ब्याट्सम्यान जो रुट ३४ रन बनाउँदै आउट भए । ओली पपले २९ रन बनाए । ओपनर ज्याक क्रावलीले २७ रन बटुले ।
तल्लो क्रमका ब्याट्सम्यान ज्याक लिच २५ रनमा अविजित रहे । विकेटकिपर ब्याट्सम्यान जामी स्मिथले २१ रन बटुले । इङ्ल्यान्डले ६ विकेटको नोक्सानीमा दुई सय ३९ रनको स्थितिबाट तेस्रो दिनको खेल अगाडि बढाएको थियो ।
भ्रमणकारी टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका बलर साजिद खान एक्लैले सात विकेट लिए । ३१ वर्षीय साजिद खानले २६.२ ओभरमा एक सय ११ रन खर्चिए । नोमन अलीले पनि तीन विकेट हात पारे ।
त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानले आफ्नो पहिलो पालीमा तीन सय ६६ रन बनाएको थियो । पाकिस्तानका लागि कमरन घुलमले एक सय १८ रनको योगदान गरेका थिए । २९ वर्षीय कमरन घुलमले आफ्नो ‘डेब्यू’ टेस्टमै सतक बनाएका हुन् । उनले दुई सय २४ बलमा एक छक्का र ११ चौका प्रहार गरेका थिए ।
पाकिस्तानका लागि ओपनर सइम अयुबले पनि ७७ रनको योगदान गरेका थिए । उनले एक सय ६० बलको सामना गरी सात चौका हिर्काएका थिए । २२ वर्षीय सइम अयुबले टेस्ट क्रिकेटमा बनाएको यो तेस्रो अर्धसतक हो ।
विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले पनि ४१ रन बनाएका थिए । आमेर जमालले ३७ रन र नोमल अलीले ३२ रन र सलमान अघाले ३१ रन बनाएका थिए । पहिलो पालीमा इङ्ल्यान्डका बलर ज्याक लिचले चार विकेट लिए । ब्राइडन कार्सले तीन र म्याथ्यू पट्सले दुई विकेट हात पारे ।
तीन टेस्टको शृंखलामा इङ्ल्यान्ड १–० ले अगाडि छ । यसअघि सम्पन्न पहिलो टेस्ट क्रिकेटमा इङ्ल्यान्डले पाकिस्तानलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । त्यो खेलमा लज्जास्पद हारपछि पाकिस्तानले आफ्नो छनोट समिति र टोलीमा ब्यापक परिवर्तन गरेको थियो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दोस्रो टेस्टका लागि घोषित आफ्नो टोलीमा पूर्वकप्तान बाबर आजम, तिब्रगतिका स्टार बलर साहिन शाह अफरिदी र नसिम शाहलाई समावेश गरेको छैन ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प प्रशासनले फिर्ता लियो यूएनको खाद्य कार्यक्रमको फन्डिङ कटौतीको निर्णय
-
युनुसलाई बङ्गलादेश चलाउने कुनै संवैधानिक अधिकार छैनः हसिना
-
तस्बिरमा हेर्नुहोस् अछाम आगलागीले पुर्याएको क्षति
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द