भ्यालेन्टाइन डेमा ‘ताण्डवम्’ प्रदर्शन हुने

काठमाडौंँ । फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
लामो समयदेखि नेपाली फिल्ममा कलरिष्टको रुपमा काम गर्दै आइरहेका जुनिम गहतराजको निर्देशमा डेब्यु यो फिल्मको पोस्टरमा एक व्यक्ति हातमा बेल्चा लिएर देखिएका छन् । तर ती पात्रको अनुहार देखाइएको छैन । उनको अगाडि ट्रकको तीनवटा बत्ती बलेका छन् । पोस्टरले फिल्म सस्पेन्स–थ्रिलर कथामा बनेको अनुमान गर्न सकिन्छ ।
निर्देशक गहतराजले फिल्मको कथाको कनेक्सन धर्मसँग रहेको जानकारी दिए । फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । अनिरुद्द आत्रेय र हुसेनको लेखन (कथा, पटकथा तथा संवाद) रहेको फिल्मलाई धन कुमारी गहतराज, सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन् ।
फिल्ममा अंकित खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, सरिना मगर, जुनीम गहतराज लगायतको अभिनय छ । हरि घले लामाको छायांकन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ
-
नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको गृह मन्त्रालयले जारी गर्यो सर्कुलर
-
कवाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव
-
विवाद समाधान नहुँदा सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय
-
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
-
पञ्च महाभूत, दिशा र वास्तु