यो हो विश्वकै सबैभन्दा छोटो हवाई यात्रा, सरदर डेढ मिनेटमै गन्तव्यमा

काठमाडौँ । लामो दुरीको यात्राका लागि मानिस हवाई सेवा नै रुचाउँछन् । विमानबाट हजारौँ किलोमिटरको यात्रा केही घण्टामै तय हुनाले पनि हवाई यात्रा कतिपय अवस्थामा बाध्यकारी हुन्छ ।
तर विश्वमा यस्तो पनि हवाई रुट छ, जहाँ सरदर डेढ मिनेटमै मानिस आफ्नो गन्तव्यमा पुग्छ सक्छ । स्कटल्याण्डको वेस्ट्रेबाट पापा वेस्ट्रेसम्मको दुरी १.७ माइल छ । यो दुरी स्कटल्याण्डकै एडिनवर्ग विमानस्थलको रनवे जतिमात्र हो । यति छोटो रुटमा पनि हवाई सेवा सञ्चालित छ ।
वेस्ट्रे–पापा वेस्ट्रेस उडानका लागि सानो विमान प्रयोग हुन्छ, जसमा १० यात्री बस्न सक्छन् । यो रुटमा लोगन एयरले विमान सेवा उपलब्ध गराउँदै आएको छ । पापा वेस्ट्रे एउटा टापु हो, जसमा एक सयभन्दा कम परिवार बसोबास गर्दै आएका छन् । उनीहरू स्वास्थ्य, व्यापारजस्ता प्रयोजनका लागि देशको मुख्य भूभागसम्म पुग्न हवाई यात्रा गर्दछन् ।
औसतमा डेढ मिनेटको हवाई यात्रा हुने यो रुटमा पाइलट स्टुअर्ट लिंकलेटरले एक पटक ५३ सेकेन्डमै गन्तव्यमा पु¥याएका थिए । उनले यो रुटमा १२ हजार पटकभन्दा बढी उडान भरिसकेका छन्, जो अन्य पाइलटको तुलनामा धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश