नेपाल प्रिमियर लिग क्रिकेट : अमेरिकी खेलाडी आन्द्रेस गौस पोखरा एभेन्जर्समा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई क्लबमा आबद्ध गरेको छ ।
३१औँ वर्ष प्रवेशको सँघारमा रहेका गौस एनपीएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी पनि बनेका छन् । उनले अमेरिकाका लागि तीन एकदिवसीय अन्तर्राष्ट्रिय र २० वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।
उनले तीन एकदिवसीय अन्तर्राष्ट्रियमा कुल एक सय ५२ रन बनाएका छन् । उनले २० टी–२० अन्तर्राष्ट्रियमा कुल पाँच सय ९८ रन बनाएका छन् । दुबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ८१ रन हो । आन्द्रेस गौसको जन्म भने दक्षिण अफ्रिकामा भएको हो । उनले दक्षिण अफ्रिकाका लागि पनि उमेर समूहको प्रतियोगिता खेलेका थिए । उनले सन् २०२४ मा क्यानाडाविरुद्धको खेलसँगै अमेरिकी टोलीबाट ‘डेब्यू’ गरेका थिए ।
पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसबाट उत्कृष्ट प्रदर्शनको आशा गरिएको बताएका छन् । गौसले पनि पहिलो पटक नेपालमा लिग खेल्न पाउँदा आफू निकै उत्साही भएको बताएका छन् । पोखरा एभेन्जर्सले यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
पोखरा एभेन्जर्सको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् । एनपीएल आगामी १६ देखि पुस ६ गतेसम्म काठमाडौँमा सञ्चालन हुँदैछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?