बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गणेशको नयाँ गीत ‘नआओस् दसैँ’ सार्वजनिक

बिहीबार, ०१ कात्तिक २०८१, १० : ४२
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौंँ । गणेश श्रेष्ठको शब्द रहेको दसैँ गीत ‘नआओस् दसैँ’ सार्वजनिक भएको छ । श्रेष्ठकै संगीत रहेको गीतमा  धिरेन्द्र राई तथा सहिमा श्रेष्ठको स्वर छ ।  गीतको एरेन्ज सन्तोष प्रगाढले गरेका छन् । 

नेपालमा बढेको बेरोजगारीको समस्याले विदेशीन बाध्य नेपाली दाजुभाइको कथासँगै दशैँ र तिहार जस्तो महान् चाडपर्व विदेशिएका नेपालीको परिवारले महसुस गर्ने पीडा गीतमा छ ।

गीतको भिडियोमा पार्वती गिरी र आदित आचार्य लगायतको अभिनय छ । रामेश्वर हुमागाईको, छायाङ्कन, अनन्त घिमिरेको सम्पादन रहेको भिडियो देवप्रसाद धिमालले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप