बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

पोखराको होटलमा जुवाको खाल, ६ जना पक्राउ

बिहीबार, ०१ कात्तिक २०८१, ०९ : ४६
बिहीबार, ०१ कात्तिक २०८१

पोखरा । पोखराको एक होटलमा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । ड्यामसाइडको होटल स्याण्डी ब्लुममा तास खेलेको सूचनापछि प्रहरीले छापा हानेको थियो । 

पक्राउ पर्नेमा गल्याङ घर भई पोखरा बस्दै आएका ३८ वर्षीय नवीन थापा, पुतलीबजार घर भएका ४० वर्षीय भेषबहादुर गुरुङ, पोखरा १२ का ४३ वर्षीय शंकर थापा छन् । 

यस्तै, पोखरा १७ का ५३ वर्षीया साबित्री गुरुङ पुन, कास्कीको माछापुच्छ्रे घर भएकी ३९ वर्षीया ९ दुर्गा गुरुङ र पोखरा १७ बस्ने वर्ष ४९ की आईती गुरुङ पनि पक्राउ परेका छन् । 

उनीहरुको साथबाट १ लाख ८८ हजार ४२६ रूपैयाँ बरामद भएको छ । सबैलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप