‘वान डाइरेक्सन’ का स्टार लियामको ३१ वर्षको उमेरमा निधन
लण्डन । चर्चित ब्यान्ड ‘वान डाइरेक्सन’ का स्टार लियाम पेनको ३१ वर्षको उमेरमा निधन भएको छ । प्रहरीका अनुसार अर्जेन्टिनाको ब्युनोस आयर्सस्ठित एक होटलको तेस्रो तल्लाबाट खसेर उनको निधन भएको हो ।
९११ मा आपत्कालीन सन्देशपछि प्रहरीले घटनास्थलमा पुगेर लियामको शव फेला पारेको थियो । सन् २०१० मा एक्स फ्याक्टर नामक टिभी शोबाट बनेको ब्वाई ब्यान्डबाट लियामले चर्चा कमाएका थिए । ब्यान्डका अन्य सदस्यहरूमा ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियल होरान र जायन मलिक रहेका थिए ।
यो महिनाको सुरुवातमा लियामले वान डाइरेक्सनका पूर्वसदस्य नियल होरानको कन्सर्टमा सहभागी भएका थिए । ब्युनोस आयर्स प्रहरीका अनुसार उनीहरूले सुरुमा ‘रक्सी र लागु औषधको सम्भावित प्रभावमा रहेका एक ‘उग्र’ पुरुषको बारेमा रिपोर्ट पाएका थिए ।
जब प्रहरी होटलमा पुगे, उनीहरूलाई होटलको कोर्टयार्डमा ठुलो आवाज आएको सुनाइएको थियो । सोही ठाउँमा लियामको शव फेला परेको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।
घटनाभन्दा केही घण्टाअघि मात्र लियामले स्न्यापच्याटमा ‘अर्जेन्टिनामा कति रमाइलो दिन’ भन्दै पोस्ट गरेका थिए ।
लियामको जन्म बेलायतको वुल्भरह्याम्पटनमा भएको थियो । सन् २००८ मा एक्स फ्याक्टरमा पुगेपछि उनको चर्चा सुरु भएको थियो । तर, निर्णायक साइमन कावेलले उनलाई ‘दुई वर्षपछि फेरि आउन’ आग्रह गरेका थिए ।
सन् २०१० मा पुनः शोमा आएका उनलाई अन्य चार उदीयमान कलाकारसँग मिलाएर ‘वान डाइरेक्सन’ ब्यान्ड स्थापना गरिएको थियो । ब्यान्डले थुप्रै नम्बर वान एल्बम र सिंगल्सहरु रिलिज गरेपछि सन् २०१५ मा ब्रेकअपको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छ महिनामा २८ लाख फोरजी प्रयोगकर्ता थपिए, मोबाइल प्रयोगकर्ता ६१ लाखले घटे
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
-
४७ वर्षको अन्तरालमा आएका दुईवटा कालो दिन अर्थात् माघ १९
-
दोस्रो परदेश यात्राको तयारीमा शालीनदीस्थित माधवनारायणका व्रतालु
-
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री