चोभार आदिनाथमा एकमहिने मेला सुरु
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन आउने गरेका स्थानीय हरिलाल श्रेष्ठले बताए।
मेला अवधिकमा आदिनाथको भक्तिपूर्वक पूजार्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ । आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना गर्दै आएका छन् । हिन्दू तथा बौद्ध अनुयायीका निम्ति यो साझा संस्कृतिक धरोहर भएको श्रेष्ठले बताए ।
मन्दिरमा विभिन्न भाँडावर्तन, गरगहना चढाउने गरेको प्रचलन छ । भक्तजनले बिहानैदेखि बाजागाजासहित मन्दिरमा भजनकीर्तन गरिरहेका छन् । काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित उक्त स्थलबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य पनि देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ : महामन्त्री शर्मा
-
वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो
-
एक सातामा प्रधानमन्त्री उद्दार कोषमा थपियो १ करोड ४१ लाख सहयोग
-
नेपाल प्रिमियर लिग क्रिकेट : अमेरिकी खेलाडी आन्द्रेस गौस पोखरा एभेन्जर्समा
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
-
गणेशको नयाँ गीत ‘नआओस् दसैँ’ सार्वजनिक