सौर्य ऊर्जामा लगानी गर्दै कोशीका उद्योगी
विराटनगर । नेपाल विद्युत् प्राधिकरणले ३ हजार ४९३ मेगावाट क्षमताका सौर्य ऊर्जा उत्पादन गर्नका लागि निजी क्षेत्रले गरेको प्राविधिक प्रस्ताव पारित गरेको छ । प्राधिकरणले जारी गरेको सार्वजनिक सूचना अनुसार देशभरका २ सय ६३ स्थानको छनौट गर्दै उक्त आयोजनाहरूको प्राविधिक प्रस्ताव पारित गरेको हो ।
प्राधिकरणले देशभरबाट ८५० मेगावाट क्षमता बराबरको सौर्य विद्युत् उत्पादन गर्नका लागि प्राविधिक र वित्तीय प्रस्ताव आव्हान गरेको थियो । सो अनुसार परेका प्रस्तावमध्ये १२७ सौर्य ऊर्जा उत्पादक कम्पनीहरू प्राविधिक रूपमा छनौटमा परेका हुन् ।
यही अक्टोबर २२ अर्थात् कार्तिक ६ गते वित्तीय प्रस्तावका आधारमा कम्पनीको अन्तिम टुङ्गो लगाइने विद्युत् प्राधिकरणले जनाएको छ । त्यसबाट देशभरका ८५० मेगावाटको प्रस्ताव स्वीकृत गर्ने प्राधिकरणको तयारी छ । त्यसपछि परियोजना निर्माणस्थलमा विस्तृत वातावरणीय परीक्षण (आइइइ) गर्न ६ महिना लाग्ने र त्यो रिपोर्ट स्वीकृत भएको १८ महिनामा आयोजना निर्माण सम्पन्न हुने लगानीकर्ता बताउँछन् ।
सौर्य ऊर्जामा लगानी गर्दा प्रति मेगावाट ६ देखि ७ करोड लगानी आवश्यक पर्ने र जसमध्ये ६० देखि ७० प्रतिशत लगानी सोलर प्यानल खरिदमा खर्च हुने जनाइएको छ । विद्युत् प्राधिकरणले प्रति युनिट ५ रुपैयाँ ९४ पैसाभन्दा कम मूल्यमा विद्युत् विक्री गर्ने उत्पादकलाई मात्रै अनुमति दिने प्रस्ताव गरेको छ ।
यसैबिच वस्तु उत्पादनमा लगानी गरिरहेका विराटनगरका केही परिचित औद्योगिक घरानाहरु पनि सौर्य ऊर्जा उत्पादनमा लाग्ने देखिएको छ । सारडा ग्रुपका पवनकुमार सारडा, गोल्छा अर्गनाइजेसनको अरिहन्त समूहका राजकुमार गोल्छा र आनन्द इँटा उद्योगका सञ्चालक दिलीप बगडियाले पनि प्राधिकरण समक्ष प्रस्ताव पेश गरेको खुलेको हो ।
गोल्छा अर्गनाइजेसनले अरिहन्त ग्रिन इनर्जी प्रा.लि.मार्फत सुनसरीको बर्जु गाउँपालिकामा २५ मेगावाट सौर्य ऊर्जा उत्पादनको प्रस्ताव गरेको छ । यस्तै आनन्द इँटा उद्योगका सञ्चालक तथा रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले आनन्द सोलर प्रा.लि.को नाममा सुनसरीको बर्जुमा २५, मोरङको कटहरी र रंगेलीमा १०–१० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् । उनको प्राविधिक प्रस्ताव पारित भइसकेको छ ।
यस्तै उदयपुरमा सुनलाइट इनर्जीले जलजलेमा १० मेगावाट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले तेह्रथुममा २० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेको छ ।
झापामा १३ वटा कम्पनीले १४५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेको छ । जसमा टाइम सोलर इनर्जीले १० मेगावाटका दुईवटा, मेची रिन्यू इनर्जी प्रा.लि.ले १० मेगावाट सोलर विद्युत् निकाल्ने लिष्टमा छन् । मोरङमा १३१ मेगावाट क्षमताको ऊर्जा उत्पादनको लागि १० वटा कम्पनी छनौटमा परेका छन् । जसमध्ये श्रीयंशी ऊर्जा प्रा.लि.ले विराटचौकमा १० मेगावाट, हिमालयन सोलर भेन्चर प्रा.लि.ले पनि विराटचोकमै ५ मेगावाट, रंगेलीमा १० मेगावाट र पशुपति इनर्जी प्रा.लि.ले केराउनमा २० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ ।
यस्तै आनन्द पावर नेपाल प्रा.लि.ले केराउनमै १०, घटाल एण्ड कौशिक जेभीले रंगलीमा १० मेगावाट, आनन्द सोलर प्रा.लि.ले कटहरी र रंगेलीमा गरेर थप २० मेगावाट, रिदी पावर कम्पनी लि.ले उर्लाबारीमा १० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ ।
यस्तै सङ्खुवासभामा विभिन्न ८ वटा कम्पनीले ९० मेगावाट सोलर ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् । यस्तै सुनसरीमा ११ वटा कम्पनीले २७० मेगावाट, सोलुखुम्बुमा १० मेगावाट र तेह्रथुममा २० मेगावाट विद्युत् उत्पादनको प्रस्ताव गरिएको छ । कोशी प्रदेशमा जम्मा ५३ कम्पनीले ६७६ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारद्वारा १४ उद्यमी सम्मानित
-
सरकारी कामकाजको भाषा चाँडै लागु हुन्छ: मुख्यमन्त्री सिंह
-
पञ्जाबले कीर्तिमानी मूल्य २६ करोड ७५ लाखमा किन्यो श्रेयष ऐयरलाई, बटलर गुजरातमा
-
चार कारणले थपियो रवि लामिछानेसहितलाई १५ दिन म्याद
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
बेलायतमा तीन अमेरिकी सैन्य शिविरमाथि रहस्यमय ड्रोन