बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
परम्परा

लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा सराय नाचको रौनक

बिहीबार, ०१ कात्तिक २०८१, ०६ : ४९
बिहीबार, ०१ कात्तिक २०८१

बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बडादसैँको अवसरमा सराय नाच चलिरहेको छ । शक्ति पीठमा हतियार जुधाएर नाचिने सराय नाच पूर्णिमाको दिनसम्म नाच्ने गरिन्छ ।

बुधबार बुटवलको जीतगढी, अर्घाखाँची, गुल्मी, पाल्पाका विभिन्न ठाउँमा सराय नाच भएको छ । बिहीबार अर्घाखाँचीको अर्घामन्दिर, गुल्मीको धुर्कोट, नयाँ गाउँ, बुटवलको देवीनगर लगायतका स्थानमा सराय नाच नाचिन्छ ।

विशेषगरी दुर्गा र कालिका मन्दिरमा खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियार प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच नाचिने प्राध्यापक डा गीतु गिरिले बताए । देवताले राक्षसमाथि विजय हासिल गरेपछि टीका लगाउने र त्यसको खुसीयालीमा सराय नाचिएको उनको भनाइ छ ।

यसरी नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास छ । अर्घाखाँची, गुल्मी, प्युठान यो नाचका लागि प्रख्यात मानिन्छ । तर बसाइ सराइ गरेर ती जिल्लाका मानिस रुपन्देही, कपिलवस्तु लगायतमा जिल्लामा बसोबास गर्न थालेपछि अहिले तराईका विभिन्न ठाउँमा पनि यो नाचको रौनक बढ्न थालेको छ ।

गुल्मीबाट बुटवलको देवीनगर बसाइ सरेर आएका नवदुर्गा मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरले पूर्णिमाको दिन बुटवलको देवीनगरमा सराय नाच्ने गरिएको बताए ।

66666666

कपिलवस्तुमा विभिन्न ठाउँमा पनि सराय नाच खेल्ने गरिएको छ । सामाजिक अध्येता युवराज कँडेलले प्युठानका केही ठाउँमा तिहारसम्म सराय नाच नाच्ने गरिएको बताए ।

प्युठानको विजुवार लगायतका क्षेत्रमा खेलिने डल्ले सराय तिहारसम्म जारी रहने उनको भनाइ छ । पहाडी जिल्लाहरू पुरुषहरू हतियारसहित नाच्ने गरे पनि पछिल्लो समय महिलाहरू पनि यो नाचमा सहभागी हुने गरेको पाइन्छ ।  

कसरी नाचिन्छ ?

नित्य पूजा भएपछि सराय हुने दिन विधिअनुसार पूजापाठपछि ठाउँ र परिस्थितिअनुसार बलि (अधिकांश स्थानमा राँगो) दिइ सराय नाच सुरु हुन्छ । पहिला मन्दिर वरिपरि परिक्रमा गरी पछि खुला ठाउँमा पुगेर दिनभर खुँडा वा लाठी नचाउँदै र जुधाउँदै बाजाका तालमा ‘वाख्खै’ ‘ह’ भन्दै सराय नाच्ने चलन छ । पञ्चेबाजाको तालमा यो नाच नाचिन्छ । 

444444444

विशेष गरी अर्घाखाँचीमा अर्घासँगै भण्डार थुम, माला रानी, बामरुक, राँगामारे, छत्रकोट, चौडिला, उलुकछत्र, खाँचीकोट, ठाडा, असुरकोट लगायतका कोटहरूमा यो नाच हुन्छ । यस्तै गुल्मीको चोयगा, धुर्कोट, जुभुंग, चन्द्रकोट, जुनियाकोट, पौदी अमराईकोट, अर्जे अमरपुरलगायतका क्षेत्रमा पनि यो नाच नाचिन्छ । पाल्पामा मुझुङ्गकोट, गोखुंगा रैनादेवी, कुसुमखोला, बल्डेङ्गगढी क्षेत्र, रम्भादेवी, माथागढीमा पनि सराय नाच नाचिन्छ ।

12233333355555555

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप