बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको दिन ?

बिहीबार, ०१ कात्तिक २०८१, ०६ : २७
बिहीबार, ०१ कात्तिक २०८१

वि.सं. २०८१ साल कार्तिक १ गते । बिहीबार । इस्वी सन् २०२४ अक्टोबर १७ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४५ । आश्विन शुक्लपक्ष । तिथि–पूर्णिमा, २८ घडी १४ पला, बेलुकी ५ बजेर २३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–रेवती, २९ घडी ३ पला, बेलुकी ५ बजेर ४३ मिनेट उप्रान्त अश्विनी । योग–व्याघात, ३ घडी ४० पला, बिहान ७ बजेर ३३ मिनेट उप्रान्त हर्षण ।

करण–भद्रा, बिहान ६ बजेर ३५ मिनेट उप्रान्त बव, बेलुकी ५ बजेर २३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मीन, बेलुकी ५ बजेर ४३ मिनेट उप्रान्त मेष । काठमाडौँ सूर्योदय बिहान ०६ बजेर ५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३१ मिनेट । दिनमान २८ घडी ३४ पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ०५ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ०६ मिनेटदेखि बिहान ७ बजेर ३१ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ३२ मिनेटदेखि बिहान ८ बजेर ५७ मिनेटसम्म उद्वेग बेला ।
बिहान ०८ बजेर ५८ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर १४ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर १५ मिनेटदेखि दिउसो २ बजेर ४० मिनेटसम्म काल बेला ।
दिउसो २ बजेर ४१ मिनेटदेखि बेलुकी ४ बजेर ५ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ६ मिनेटदेखि बेलुकी ७ बजेर ५ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउसो १ बजेर १३ मिनेटदेखि दिउसो २ बजेर ३९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर २९ मिनेटदेखि बिहान ५ बजेर १७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । तरपनि आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययनमा मन जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरूले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन विचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेको छ । समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् । साँझपख समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । राज्य पक्षबाट पद पाइने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानी बाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरू आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हुन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवासायमा लगानी गरेपनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । साँझपख उपहार तथा बिलासी बस्तुको हातलागी हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तपाईँले सुरु गरेको काममा आफन्त तथा दाजुभाइहरूको सहयोग तथा समर्थन पाइनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । विवादित विषयहरू तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेको छ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ । साँझपख आफन्तसँग मनमुटाब बढ्ने तथा यात्रा कष्टकर हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ ।  प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी समय फलदायी रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापारमा समय लगानी गर्नेहरूले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेको छ । विद्यार्थीहरुले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ । छोटो दुरीको यात्राको लागी समय उत्तम रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप