धेरै खाए नुनले गर्न सक्छ यस्तो असर

काठमाडौँ । भान्सामा नभइ नहुनेमध्ये एक वस्तु हो- नुन । नुनले हाम्रो खानाको स्वाद बढाउँछ । मानव जीवनमा नुन अति आवश्यकमै पर्छ ।
विज्ञहरूका अनुसार नुनमा पाइने सोडियमले शरीरमा पानीको उचित मात्रा कायम राख्न मद्दत गरेको हुन्छ । 'नुन हाम्रो सबै न्युरोन्स, मस्तिष्क, मेरुदण्ड र सबै मांसपेशीहरू सहित सक्रिय कोशिकाहरूको लागि समेत अत्यावश्यक वस्तु हो । तर यही नुन हामीले सन्तुलन मिलाएर सेवन नगरेको अवस्थामा अर्थात् आवश्यकभन्दा बढी मात्रामा नुन सेवन गरेको अवस्थामा भने हाम्रो स्वास्थ्यमा निकै प्रतिकूल असर समेत गर्न सक्छ ।
नुन कम भयो भने हाइपोनेट्रेमिया निम्त्याउन सक्छ, जसले भ्रम, बान्ता, दौरा, चिडचिडापन र कोमा जस्ता गम्भीर अवस्थाहरू निम्त्याउन सक्छ।
जसकारण खानामा ५ ग्राम नुन नियमित खानुपर्ने विश्व स्वास्थ्य संगठनले भनेको छ ।
तर अहिले मानिसहरूले हरेक दिन खानामा ११ ग्राम नुन खाइरहेका छन् । जसले हृदय रोग, ग्यास्ट्रिक, क्यान्सर, ओस्टियोपोरोसिस, मोटोपन र मृगौला रोगहरूको जोखिम बढाइरहेको छ । विश्व स्वास्थ्य संगठनको अनुमान छ कि अत्याधिक नुन सेवनका कारण विश्वभर हरेक वर्ष करिब १८.९ लाख मानिसको मृत्यु हुन्छ ।
विश्वभर एक अर्बभन्दा बढी मानिस उच्च रक्तचापबाट पीडित छन् । चिकित्सकहरूका अनुसार नुन कम खाँदा यसलाई रोक्न र उपचार गर्न मद्दत गर्न सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ