अमिताभ बच्चनले मदिरा छोडेको त्यो क्षण

काठमाडौँ । मदिरा सेवन कसैको आदत हुन्छ त कसैको संस्कृति । अत्यधिक मदिरा सेवन स्वास्थ्य लागि त लाभदायी छैन नै । तथापि मानिसहरूले यसलाई स्वास्थ्यसँग भन्दा बढी व्यक्तिको सफलता र असफलतासँग जोडेर हेर्न छोडेका छैनन् ।
कोही राजनीतिकर्मी हुन् वा चलचित्रकर्मी वा अरू कोही पेशाकर्मी, उनले मदिरा सेवन गर्छन् वा गर्दैनन् भन्ने आधारमा समाजले धारणा बनाउने चलन अझै टरेको छैन ।
भारतीय अभिनेता अमिताभ बच्चनको जीवनमा पनि एउटा त्यस्तै घटना भएको थियो, जसका कारण उनले मदिरा सेवन नै छोडेका थिए ।
अमिताभले पहिलो चलचित्र 'सात हिन्दुस्तानी’मा काम गरेवापत् राष्ट्रिय पुरस्कार पाएका थिए । उनको जीवनबारे लेखिएको पुस्तक 'अमिताभ बच्चन द फोरएभर स्टार' मा उल्लेख भएअनुसार त्यसबेला अमिताभले ५० रुपैयाँ पुरस्कारमा पाएका थिए ।
त्यही रकम लिएर अमिताभले एक साँझ आफ्ना साथीहरू जलाल आगा र अनवर अलीसँगै पिउने योजना बनाए । त्यो साँझ उनीहरूले खुब पिए । तर अर्को दिन सबेरै अनवर अलीले अमिताभले सचेत गराउँदै भनेका थिए, 'तिमी चलचित्र क्षेत्रमा लागेको मान्छे । सुरुवातमै मदिरातिर लाग्यौ भने तिम्रो भविष्य बिग्रिन्छ । तिमी चलचित्रमा प्रसिद्ध नभएसम्म यो मदिरा नछुनु ।'
नभन्दै अनवरको सुझावले अमिताभलाई पनि छोयो । उनले त्यसपछि मदिरा त्याग गरिदिए । उनले फिल्ममा चलुञ्जेलमा मात्रै होइन, त्यही पलदेखि जीवनभर नै मदिरा सेवन गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा