बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

इजरायली आक्रमणमा परी लेबनानमा छ जनाको मृत्यु, ४३ घाइते

बिहीबार, ०१ कात्तिक २०८१, ०० : ४५
बिहीबार, ०१ कात्तिक २०८१

‍बेरुत । दक्षिणी लेबनानको नाबातिह नगरपालिकामा बुधबार इजरायली हवाई आक्रमणमा परी मेयरसहित छ जनाको मृत्यु हुनुका साथै अन्य ४३ जना घाइते भएका छन् ।

एक इजरायली लडाकू विमानले नाबातिह नगरपालिका भवन र नगरपालिका सङ्घ भवनमा चारवटा आकाशबाट जमीनमा प्रहार गरेको क्षेप्यास्त्र प्रहारबाट मेयर अहमद काहिल र धेरै नगरपालिका सदस्यहरू मारिएका छन् । 

सिभिल डिफेन्स फोर्स, लेबनानी रेडक्रस र इस्लामिक हेल्थ अथोरिटीले दुईवटा भवनको भग्नावशेष हटाउन र बेपत्ता व्यक्तिहरूको खोजी गर्न काम गरिरहेका छन् ।

यसैबीच, लेबनानी विदेश मामिला मन्त्रालयले बुधबार लेबनानमा इजरायली आक्रमणहरूको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा नयाँ उजुरी दायर गरेको घोषणा गरेको छ ।
    
यो इजरायली आक्रमणको दस्तावेजीकरण गर्न र यसलाई रोक्नका लागि कारबाही गर्न अन्तर्राष्ट्रिय समुदाय र सुरक्षा परिषद्लाई दबाब दिन न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा लेबनानको स्थायी मिशनमार्फत मन्त्रालयले पेश गरेको आवधिक उजुरीहरूको एक हिस्सा हो ।
    
सेप्टेम्बर २३ देखि इजरायली सेनाले हिजबुल्लाहसँग बढेको तनावबीच लेबनानमा तीव्र हवाई आक्रमण गरिरहेको छ ।

सन् २०२३ अक्टोबर ८ मा हिजबुल्लाह–इजरायल द्वन्द्व सुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार तीन सय ५० पुगेको र घाइतेहरूको सङ्ख्या दश हजार नौ सय छ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?