बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

गाजामा मानवीय सहायताका ट्रकहरूलाई अनुमति

बुधबार, ३० असोज २०८१, २३ : ४५
बुधबार, ३० असोज २०८१


जेरुसेलम । ह्वाइट हाउसले युद्धग्रस्त क्षेत्रमा सहायताको प्रवाह नबढाएको खण्डमा सैन्य कारबाही गर्ने धम्की दिएको एक दिनपछि इजरायलले बुधबार एक विज्ञप्तिमार्फत मानवीय सामग्री बोकेका ५० ट्रक गाजा पट्टीमा प्रवेश गरेको बताएको छ ।

मानवीय सहायता जोर्डनबाट एलेनबी ब्रिजमार्फत र गाजामा पश्चिमी इरेज क्रसिङ हुँदै स्थानान्तरण गरिएको थियो । इजरायल र उत्तरी गाजाबीचको बाटो मानवीय सहायता हस्तान्तरणको लागि मे महिनामा खोलिएको थियो । 

ह्वाइट हाउसले आगामी ३० दिनभित्र गाजामा मानवीय सहायताको प्रवेश नबढाएको खण्डमा इजरायललाई दिँदै आएको सैन्य सहायता रोक्ने चेतावनी दिएको एक दिनपछि इजरायलले यो कदम चालेको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार अनिकाल फैलिएको उत्तरी गाजामा इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरिरहेको भन्ने चिन्ताका बारेमा पत्र लेखिएको थियो ।  संयुक्त राष्ट्रसङ्घले गत अक्टोबरदेखि गाजामा खाद्यान्न, पानी, ग्यास, इन्धन र औषधिलगायतका सहायता वितरणमा विशेषगरी उत्तरमा कडा प्रतिबन्ध लगाइएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?