पासोमा परेर मर्यो चितुवा
बुधबार, ३० असोज २०८१, २३ : ३०

कैलाली । जानकी गाउँपालिका-६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको छ ।
पासोमा परेको वयस्क भालेलाई बुधबार बिहान चितुवाको बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो ।
उद्धार गरी थप उपचार र पुनःस्थापनाका लागि डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सब डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले जानकारी दिए ।
पण्डितका अनुसार चितुवा अन्य कुनै ठाउँमा पासोमा परेको र त्यहाँबाट उम्भिएर काठको लामो किलासहित भागेको अवस्थामा झाडीमा अल्झिएको अवस्थामा भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजा फर्काउने’ भनिएको मोर्चामा दुई राजावादी हस्तीलाई नै बाइपास ?
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन, आर्थिक गतिविधि प्रभावित
-
कमल थापाले पनि बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
-
राप्रपाको ‘अर्थपूर्ण’ केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
-
चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र पर्दा रोकिए सात फैसलाका पूर्णपाठ
-
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची