बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

तिलगङ्गाका चिकित्सकद्वारा बङ्गलादेशमा घाइते भएकाको आँखाको उपचार

बुधबार, ३० असोज २०८१, २२ : २९
बुधबार, ३० असोज २०८१

काठमाडौँ । बङ्गलादेशमा केही महिनाअघि भएको आन्दोलनका क्रममा आँखासम्बन्धी समस्या भएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका छन् । आँखाको नानी च्यातिएका, गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका हुन् ।

ती बिरामीको उपचारार्थ बङ्गलादेश सरकारको पहल र नेशनल इन्स्टिच्युट अफ अप्थाल्मोलोजी, बङ्गलादेशको निमन्त्रणामा सेवा फाउण्डेशन, बङ्गबन्धु शेख मुजीब मेडिकल र इशापानी इश्लामिया आँखा अस्पताल बङ्गलादेशसँगको सहकार्यमा प्रतिष्ठानको प्रतिनिधित्व गर्दै आँखाको पर्दा रोग विशेषज्ञ डा रबा थापा नेतृत्वको टोलीले उपचार गरेको हो ।

टोलीमा नेपालबाट डा थापासँगै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका डा. सुशीला पटेल र डा सविता ढकाल सहभागी थिए । आँखामा गम्भीर चोट लागेका, दुर्घटनाबाट भएका मोतिबिन्दु र अन्य चोट, विशेषतः गोलीले क्षति पुगेका आँखामा जतिसक्दो चाँडो उपचार आवश्यक परेकाले ‘केराटोप्लास्टी’ र ‘ग्लोब–सेभिङ’ प्रविधिमा विशेषज्ञता भएका ‘भिट्रेओ रेटिना सर्जन’ र ‘कोर्निया’ विशेषज्ञहरूको मागअनुसार उनीहरु उपचारमा सहभागी हुनुभएको प्रतिष्ठानले जनाएको छ ।

 प्रतिष्ठानले यस किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक उत्तरदायित्व पूरा गर्ने उपचार सेवाले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास गरेको छ । बङ्गलादेशमा भएको आन्दोलन र त्यसपछिको नयाँ सरकारले हाल आन्दोलनका घाइतेहरुको उपचारलाई प्राथमिकतामा राखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?