मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के जाँच
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आज मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के जाँच गरेका छन् । दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन बित्दासमेत कार्यालयमा कर्मचारी उपस्थित नभएको गुनासो आउन थालेपछि मन्त्री यादवले आज मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरुमा छड्के जाँच गरेका हुन् ।
उक्त जाँचका क्रममा खानेपानी मन्त्रालयमा ११ र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुईगरी १३ जनाबिना जानकारी अनुपस्थित भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए ।
उनले भने, “मन्त्रीले आज आकस्मिक छड्के जाँच गर्नुभएको थियो, सो क्रममा मन्त्रालय र विभागमा १३ जना अनुपस्थित भएको देखिएको छ । अनुपस्थित हुनुका कारण बुझनुपर्ने हुन्छ ।”
उक्त छड्के जाँचका क्रममा मन्त्री यादवले काम गर्दा वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउन कर्मचारीहरुलाई आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म
-
शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
-
डोटीमा आठ करोडको सुन्तला उत्पादन
-
अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा
-
१० बजे १० समाचार : दुई दर्दनाक हत्याकाण्डदेखि नेपाललाई निराशासम्म