बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल सुर्खेतमा

बुधबार, ३० असोज २०८१, २२ : ५६
बुधबार, ३० असोज २०८१

सुर्खेत । बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन् । बुधबार अपरान्ह यहाँ आइपुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकहरुसँग भेटघाट गरेका थिए । उनी बिहीबार बिहान बडीमालिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे समेत रहेका छन्  । राष्ट्रपति भोलि नै काठमाडौँ फर्किनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?