वीपी राजमार्ग बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द
बुधबार, ३० असोज २०८१, २० : १८

काठमाडौँ । वीपी राजमार्ग बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ । सडक डिभिजन भक्तपुरले बुधबार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण वीपी राजमार्गको भकुण्डेबेसी वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक पूर्ण रूपमा बगेको थियो । सो क्षेत्रमा हाल ट्र्याक निर्माण गरी यात्रुवाहक सवारी साधनका लागि मात्र आवागमन खुल्ला गरिएको छ ।
सडक खण्डहरूमा ट्र्याक निर्माण भए पनि हाल ट्र्याक मर्मत सुधार कार्य गरी यात्रा थप सरल र सुरक्षित बनाउने कार्य भइरहेको साथै जुनसुकै समय पनि सो क्षेत्रमा सुख्खा पहिरो जान सक्ने भएकोले राति सडक बन्द गरिएको डिभिजन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ४१ क्याम्पसमा स्ववियु निर्वाचन : कतै तालाबन्दी, कतै निर्विरोध
-
होली पर्वले संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्छ : प्रचण्ड
-
सनातन संस्कृतिमा होली र फागु
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल