हिन्दु राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ : बालेन शाह
बुधबार, ३० असोज २०८१, २० : ०४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । मेयर शाहले बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत भनेका छन्– ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’
उनले आफ्नो ठाउँ नै नरहेपछि गाउँ मासेर बनेको सहरको काम नभएको बताउँदै आफ्नो भाउ नै नभए पनि नाउँ बेचेर बनेको रहरको पनि काम नहुने बताएका छन् ।
यस्तो छ मेयर शाहको कविता–
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फिर्ता ल्याइएको २१ मूर्ति सङ्ग्रहालयलाई हस्तान्तरण
-
हार्दिक पाण्ड्यालाई किन १२ लाख रुपैयाँ जरिवाना गरियो ?
-
गाजामा इजरायली हमला, बालबालिकासहित ८ जनाको मृत्यु
-
त्रिविका उपकुलपतिको राजीनामाबारे शिक्षामन्त्री अनविज्ञ
-
मिलन नेवारले ल्याइन् नयाँ गीत ‘तिमी टाढा छौ’
-
राष्ट्रियसभा बैठक साढे ३ बजेलाई सर्यो