बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, ३० असोज २०८१, २२ : ००
बुधबार, ३० असोज २०८१

आज २०८१ असोज ३० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • धर्मशालाको विवाद

पशुपति गौशाला धर्मशालाको स्वामित्व र सञ्चालनको विषय अहिले चर्चामा छ । गौशाला चोकमै रहेको ९ रोपनी ९ आना २ पैसा क्षेत्रफलमा फैलिएको उक्त जग्गा कसको हो र यसलाई सञ्चालन गर्न पाउने हक कसको हो भन्ने विषयमा अहिले पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति आमनेसामने भएका छन् ।

  • सरकारको ९० दिन

मुलुकका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारलाई ओलीले नेतृत्व गरेको बुधबार तीन महिना पुगेको छ । तर, ओलीले त्यसबेला दाबी गरेझैँ तीन महिनाको अवधिमा सरकारले सुरु गरेका काम र नतिजा हेर्दा नागरिकमा कुनै आशा, उत्साह र भरोसा बढेको पाइँदैन ।

  • प्रहरी दिवस

नेपाल प्रहरीले बुधबार ६९ औं प्रहरी दिवस मनाएको छ । सो अवसरमा राजधानीमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतले सम्बोधन गरेका छन् ।  सो  समारोहमा प्रधानमन्त्री ओलीले प्रहरी अधिकारी र विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए ।  कार्यक्रममा प्रहरी जवानहरुले विभिन्न कला प्रस्तुत गर्नुका साथै परेड प्रदर्शन समेत गरेका थिए ।

  • बैंकले घटाए ब्याजदर

चाडवाडको समयमा पनि बैंक तथा वित्तीय संस्थाबाट अपेक्षित कर्जा माग नहुँदा बैंकको ब्याजदर क्रमले निरन्तरता पाएको छ । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि तोकेको ब्याजदर अनुसार यस्तो अवस्था देखिएको हो ।  

  • माओवादीको निर्णय कुर्दै

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीबाट विद्रोह गरेको महिन्द्र राय यादव समूह नेकपा माओवादी केन्द्रसँग एकताका लागि सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय कुरेर बसेका छन् ।

  • इजरायलको आलोचना

नेपालका विभिन्न राजनीतिक पार्टी र नागरिक अधिकारकर्मीहरूले लेबनानी जनताविरुद्ध इजरायलले गरेको क्रूर र बर्बर युद्ध तत्काल बन्द गर्न माग गरेका छन् । बुधबार राजनीतिक पार्टीका नेता र अधिकारकर्मीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो प्यालेस्टिनी तथा लेबनानी जनताको भूअखण्डता र सार्वभौम अधिकारको सम्मान गर्दै उनीहरूको न्यायपूर्ण आवाजप्रति ऐक्यबद्धता समेत जनाएका छन् ।

  • ज्यान गुमाएका रुसी आरोही

धौलागिरि हिमाल आरोहणको क्रममा गत अक्टोबर ५ मा मृत्यु भएका ५ रुसी आरोहीको शव काठमाडौँ ल्याइएको छ । धौलागिरि आधार शिविरबाट उनीहरुको शव काठमाडौँ ल्याइएको हो । आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

  • उपभोक्ता मूल्य सूचकाङ्क

नेपाल राष्ट्र बैंक सर्वेक्षण अनुसार आर्थिक वर्ष (आव) २०७१/७२ मा नेपालीले खाद्यान्नको लागि आफ्नो कुल खर्चको ११.३३ प्रतिशत छुट्याउँथे । आव २०८०/८१ मा आइपुग्दा यसका लागि जम्मा ८.०८ प्रतिशत छुट्याउन थालेका छन् । अर्थात् ९ वर्षको दौरानमा खाद्यान्नमा हुने खर्च ३.२५ प्रतिशत विन्दुले कम भएको छ । प्रतिशतका आधारमा हेर्ने हो भने यो गिरावट झन्डै ३० प्रतिशत बराबर हुन आउँछ ।

  • न्यायाधीशका कुरा

 ‘मेरो समुदाय (मुस्लिम)बाट सर्वोच्च अदालतको न्यायाधीश बन्ने म दोस्रो भाग्यमानी व्यक्ति हुँ । यसअघि ताहिर अलि अन्सारी न्यायाधीश भएका थिए’ सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले रातोपाटीसँगको कुराकानीमा भने । 

  • पंचायत स्मारिका 

एसिया महाद्वीपको जुरोको रूपमा रहेको हिमाल पर्वतमाला पूर्वमा नाम्चा बर्वादेखि पश्चिममा नङ्गा पर्वतसम्म झण्डै २,४०० किलोमिटर लाम्चिएको छ । यसमध्ये एकतिहाइ भाग र अधिकांश अग्ला हिउँचुलीहरू नेपाल सरहद भित्र पर्दछन् । त्यसैले हिमाल नेपालको प्रमुख चिनारी हुनुको साथै नेपाल देश हिमवत्खण्डका राज्यहरूमध्ये एक हो । नेपालको वास्तविक इतिहास केलाउनको लागि क्षेत्रीय भौगोलिक सन्दर्भ पहिल्याउनु आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?