बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

प्रहरीसम्बन्धी कानुन निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री लेखक

बुधबार, ३० असोज २०८१, १७ : ३३
बुधबार, ३० असोज २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुन संशोधन गरेर नयाँ कानुन बनाउने कामलाई प्राथमिकता दिएको बताएका छन् । बुधवार ६९ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले दुवै प्रहरी सङ्गठनका लागि आवश्यक कानुन निर्माणमा सरकारले प्राथमिकता दिएको बताएका हुन् । 

‘म यहाँहरूलाई विश्वास दिलाउन सक्छु, सङ्घीय संसद्को आगामी अधिवेशनबाट यी दुवै सुरक्षा फौजका निमित्त नयाँ कानुन निर्माण गरेर समसामयिक कानुन प्रचलनमा ल्याइनेछ’, मन्त्री लेखकको भनाइ छ । उक्त कानुन प्रचलन आएपछि हित, वृत्ति विकास हुने मन्त्री लेखकको विश्वास छ । उनले आगामी दिनमा सुरक्षा सङ्गठनहरूलाई थप सशक्त बनाउन सरकारले गर्न सक्ने सबै उपायहरू अवलम्बन गर्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?