बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली रित्तो हात फर्कियो

बुधबार, ३० असोज २०८१, १६ : ५२
बुधबार, ३० असोज २०८१

काठमाडौँ । पशुपतिनाथको स्वामित्वको गौशाला धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली आज पनि रित्तो हात फर्किएको छ । 

प्रहरीले धर्मशालाभित्र पस्न नदिएपछि उनीहरू महानगरको साइनबोर्ड लगाएर फर्किएका हुन् ।

पशुपति क्षेत्र विकास कोषबाट गौशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकाले पाएपनि यसअघि सञ्चालन गर्दै आएको मारवाडी सेवा समितिले विरोध गर्दै आएको छ । महानगर र समिति आमनेसामने भएपछि गौशालामा प्रहरीले सुरक्षा दिँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?