निषेधित क्षेत्र तोड्न खोजेपछि रुवि खानसहित ६ जना पक्राउ
बुधबार, ३० असोज २०८१, १६ : ४८
![निषेधित क्षेत्र तोड्न खोजेपछि रुवि खानसहित ६ जना पक्राउ](https://npcdn.ratopati.com/media/news/rubi-khan_vCVoUloYIS.jpg)
काठमाडौँ । निषेधित क्षेत्र तोड्न खोजेपछि अभियन्ता रुवि खान लगायत पक्राउ परेका छन् । बुधबार माइतीघरबाट सिंहदरबार जाने क्रममा बबरमहलबाट खानसहित ६ जना पक्राउ परेका हुन्।
सिंहदरबारदेखि संसद् भवनसम्मको निषेधित क्षेत्र अनिश्चितकालसम्म तोड्ने घोषणा गरेका उनीहरूले सोहीअनुसार निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ परेका हुन् । यसअघि पनि उनीहरु पक्राउ परेर छुट्दै आएका छन् ।
निर्मला कुर्मीका लागि न्यायको माग गर्दै खानलगायतले माइतीघर मण्डलामा धर्नामा समेत दिँदै आएका छन् ।