बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
समाचार

धौलागिरि हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव काठमाडौँ ल्याइयो

बुधबार, ३० असोज २०८१, १५ : ४०
बुधबार, ३० असोज २०८१

काठमाडौँ । धौलागिरि हिमाल आरोहणको क्रममा गत अक्टोबर ५ मा मृत्यु भएका ५ रुसी आरोहीमध्ये एकको शव काठमाडौँ ल्याइएको छ । धौलागिरि आधार शिविरबाट १ जनाको शव काठमाडौँ ल्याइएको हो । 

russian climber (6)

बाँकी चार जनाको हेलिकप्टरमा ल्याइँदै छ । उद्धारकर्ताहरूले आरोहीको शव ७६०० मिटरबाट आधार शिविरसम्म ल्याएका थिए । हेलिकप्टरबाट उनीहरूको शव दुई पटकमा हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै छ । उनीहरूको शव काठमाडौँ ल्याएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।

russian climber (2)

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । 

russian climber (3)

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

russian climber (5)

प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

russian climber (4)

 

russian climber (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?