करेला खाँदा तितो, फाइदा मिठो
बुधबार, ३० असोज २०८१, १५ : २०

काठमाडौँ । करेलाको सेवनले मानिसलाई धेरै प्रकारका रोगहरूबाट बचाउन सक्छ । यो शरीरलाई डिटोक्सिफाई गर्न पनि धेरै फाइदाजनक साबित हुन सक्छ। तर, केही मानिसहरूले भने करेलाको कम उपभोग गर्नुपर्छ। यसमा शरीरमा चिनीको मात्रा कम भएका, ग्यास्ट्राइटिस, कलेजो र मिर्गौला रोग भएकाहरू पर्छन् ।
करेलामा अल्फा लाइपोलिक एसिड हुन्छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै यसमा फाइबर पनि राम्रो मात्रामा पाइन्छ । करेलालाई काँचै वा यसको जुस निकालेर पनि पिउन सकिन्छ।
यसबाट मधुमेह नियन्त्रण गर्न सकिन्छ । यसबाहेक करेलामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।
करेलामा भिटामिन सी र भिटामिन ए पनि हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो उच्च मधुमेहका रोगीहरूको लागि धेरै उपयोगी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक