मस्कले तीन महिनामा ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर दिएको खुलासा
बुधबार, ३० असोज २०८१, १४ : ११
![मस्कले तीन महिनामा ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर दिएको खुलासा](https://npcdn.ratopati.com/media/news/trump-musk_3G5DlGS7G9.webp)
वासिङ्टन । विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक इलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख अमेरिकी डलर दान गरेका छन् । सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो ।
सरकारी अनुसन्धानमा खुलासा भएको जानकारी अनुसार इलोन मस्कले डोनाल्ड ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन डलर दिएका छन् ।
मस्कले जुलाईमा ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए। तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ ।
हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीमा मस्क पनि सहभागी थिए । यो त्यही ठाउँ हो जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो ।
अमेरिकी चुनाव नोभेम्बरमा हुन लागेको छ, जहाँ वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध दिवसमा गजुरी र चौरीदेउरालीमा सार्वजनिक बिदा
-
टेस्लाविरुद्ध बोल्दा २३ हजार डलर जरिवाना, दुर्घटनामा आमाबुवासमेत घाइते
-
बबरमहल जलमग्न : काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित
-
पीआईडीले पनि भन्यो– विद्युत् प्राधिकरणका ठेकेदारका कारण बबरमहल जलमग्न
-
काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
-
पाँच शीर्षकमा विनियोजित खर्च कटौती गर्न अर्थ मन्त्रालयको परिपत्र