रोजगारी सृजनामा सरकारकाे ध्यान केन्द्रित छ : मन्त्री भण्डारी
बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जिल्लावासीको निराशा हटाउने प्रतिबद्धता गरेका छन् । उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरू क्रमशः कार्यान्वयन गरिरहेको भन्दै रोजगारी सृजना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्ने बताए ।
जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित कार्यक्रहरुमा सहभागी भएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरूलाई उजागर गरी त्यसको व्यवस्थापनमा लागिरहेको बताए ।
जिल्लास्थित विभिन्न खानी, खनिज, जडीबुटी प्रशोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रित गरेको पनि उनको भनाई छ । उनले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थित गरी बैतडीको सिलेट राजधानी पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवाला मिलेर यसलाई सहज बनाउनुपर्ने बताए ।
मन्त्री भण्डारीले आफ्नो आँखा अगाडिको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वयमको कमजोरी हुने बताए ।
उनले भने, ‘हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ । तर सिचाइको अभावमा खेत बाँझो राखेका छौँ । ठाउँ ठाउँमा सडक पुगेपनि व्यवस्थित नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्किल छ । सडक सुविधा भएका ठाउँमा समेत कृषि उपजहरू उत्पादन गरी विक्री गर्ने परिपाटी छैन, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिँचाइ, विद्युत्, खानेपानी लगायतका पूर्वाधारहरू निर्माण गर्न सरकार लागिपरेको छ ।’
मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रशोधन स्थानीय स्तरमै गर्नुपर्ने र त्यसको पूर्वाधार खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसका साथै जडीबुटी सङ्कलन, प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गर्ने र लघु उद्यम मार्फत रोजगारी सृजना गर्ने बताए ।
स्थानीय स्तरमा उपलब्ध स्रोत साधनलाई उपयोग गरी रोजगारी सृजना गर्नमा आफूले ध्यान केन्द्रित गरेको मन्त्री भण्डारीको भनाई छ ।
मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई नेकपा(एमाले) नेतृत्वको सरकारले लयमा फर्काउने गरेकाले वर्तमान समयको आर्थिक सङ्कुचन हटाउने प्रतिबद्धता व्यक्त गरे ।
बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहनुभएका मन्त्री भण्डारीले बैतडीलाई सिरमा राखेर काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित