लागू भएन अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम लागू हुन सकेको छैन । असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने भनिएको आईरिस प्रणाली अझै लागू हुन नसकेको हो ।
वैदेशिक रोजगार विभागले प्राविधिक कारणले लागू गर्न नसकेको जनाएको छ ।
यसअघि असोज १५ गतेदेखि लागू गर्ने घोषणा गरेर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । त्यसपछि असोज २९ गतेदेखि लागू गर्ने भनेर सूचना जारी गरेको थियो । विभागले सूचना जारी गर्दै अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स र आईरिस रिक्ग्नाइजेशन सिस्टम लागू गर्ने जनाएको थियो । तर, प्राविधिक कारणले अनिवार्य रूपमा लागू गर्न नसकिएको जनाएको हो ।
विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले अन्य केही कारण नभएर प्राविधिक कारणले मात्रै हिजोदेखि लागू गर्न नसकिएको बताए ।
‘अहिले प्राविधिक टिमले काम गरिरहेको छ । मैले बारम्बार ताकेता गरिरहेको छु । प्राविधिक टिम लागिरहेको छ । चाडै नै लागू हुन्छ । अन्य केही कारण नभई प्राविधिक कारण मात्रै हो,’ उनले भने ।
अहिले बायोमेट्रिक र आईरिस दुवै प्रणालीबाट काम भइरहेको उनको भनाइ छ । बायोमेट्रिकलाई विस्थापित गर्दै पूर्ण रूपमा आईरिस सिस्टम लागू गर्ने तयारी गरेको हो । तर, पटक पटक विभिन्न कारण देखाउँदै सरकारले आईरिस सिस्टम लागू गर्न सकेको छैन ।
विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले तयारी नपुगेको भन्दै थप समय माग गरेकाले समय थप गरिएको जनाएको थियो । व्यवसायीहरूले भने आफ्नो तयारी पुरा भएको तर, विभागको उक्त सिस्टम लगाउन नचाहने मनसायले अनेक बहाना गर्दै आएको आरोप लगाउँदै आएका छन् ।
यसअघि गत वर्ष नै उक्त सिस्टम लागू गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न भनेको थियो । तर, हालसम्म लागू हुन सकेको थिएन ।
विभागले श्रमिकहरूलाई तालिमका लागि कक्षा कोठामा उपस्थित नै नभएका श्रमिकलाई तालिम दिएको प्रमाणपत्र दिएको पाएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारबाही गरेको थियो ।
पढाउँदै नपढाई तालिम लिएको भन्दै प्रमाणपत्र दिन थालेपछि विभागले बायोमेट्रिक सिस्टमलाई हटाएर आईरिस सिस्टम लागू गर्न खोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा